असार १ काठमाडौं ।
इजरायलको राजधानीमा इरानद्धारा हमला गरेको छ। इरानले आहिले सम्मकै ठूलो हमला इजरायलमाथि गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यहरुले जनाएको छ।
इरानले तेल अविवको ब्याट याम र ताम्रा शहरमा ड्रोनमार्फत मिसाइल आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ।
आक्रमणबाट ब्याट याममा ३ जनाको मृत्यु र १०० बढी घाइते भएको बीबीसीले जनाएको छ।
त्यसै गरी ताम्रामा कम्तीमा ५ जनाको मृत्यु भएको इजरायली सञ्चारमाध्यमहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
Post Views: 2