नेपाललाई भारत सरकारद्धारा एम्बुलेन्स प्रदान

जेठ ३१ काठमाडौं ।
नेपाललाई भारत सरकारद्धारा एम्बुलेन्स प्रदान गरेको छ। नेपालका विभिन्न जिल्लामा रहेका स्वास्थ्य संस्थालाई भारत सरकारले ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको जनाएको छ।

वीरगंजमा ७, पोखरामा ७ र धरानमा ४ वटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ। राजदूतावासका अनुसार २२ वटा एम्बुलेन्स काठमाडौंमा हस्तान्तरण गरिएको छ।

काठमाडौंमा आयोजित समारोहमा भारतीय राजदूतावास काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले सवारी साधनहरुको चाबी हस्तान्तरण गरेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *