पहिलोपटक विश्व टेस्ट च्याम्पियनसिपको उपाधि दक्षिण अफ्रिकालाई

जेठ ३१ काठमाडौं ।

पहिलोपटक विश्व टेस्ट च्याम्पिनसिप (२०२३-२५) को उपाधि दक्षिण अफ्रिकाले जितेको छ। दक्षिण अफ्रिकाले पहिलोपटक आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको हो।

आज भएको फाइनल खेलमा अस्ट्रेलियालाई हराउँदै २७ वर्षपछि मुख्य प्रतियोगिता जितेको छ। यो सँगै दक्षिण अफ्रिकाले २७ वर्षपछि पहिलो प्रमुख आईसीसी प्रतियोगितामा विजय हासिल गरेको हो।

खेलको चौथो दिन दक्षिण अफ्रिकाले मुख्य प्रतियोगिता जित्दा सन् १९९८ मा आईसीसी नकआउट ट्रफी जिते पछि पहिलो च्याम्पियन बन्न सफल भएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *