जेठ ३० काठमाडौं ।
बैंकिङ क्षेत्र सुधारका लागि कार्यदल गठन भएको छ। आज राष्ट्र बैंकले कार्यदल गठन भएको सार्वजनिक गरेको छ। राष्ट्र बैंकले डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा बैंकिङ क्षेत्र सुधार कार्यदल गठन गरेको हो।
कार्यदलमा पूर्व बैंकर भुवन दाहाल र राष्ट्र बैंककै बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक सदस्य रहने भएको छ।
हाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशकमा गुरू प्रसाद पौडेल छन्। एक महिनामा ६ विषयमा सुझाव दिन कार्यदल गठन गरिएको जनाएको हो।
बैंकिङ क्षेत्रको आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन, बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका, ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदम, बैंकहरूको मर्जर तथा प्राप्ति बाट उब्जिएका समस्या समाधानका विषयमा कार्यदलले सुझाव दिने जनाएको छ।