इसराइली आक्रमणमा इरानी सेना प्रमुखको मृत्यु

जेठ ३० काठमाडौं ।
इसराइली आक्रमणमा इरानी सेना प्रमुखको मृत्यु भएको छ। आक्रमणमा परि इरानी सेना प्रमुख मेजर जनरल मोहम्मद बघेरीको मृत्यु भएको हो।

इसराइली आक्रमणमा इरानको सशस्त्र बलका प्रमुख पनि मारिएका जनाएको छ। इसराइलले आणविक भट्टी, हतियार कारखाना लक्षित आक्रमणमा परी इरानको नियमित सेनाका प्रमुख मेजर जनरल मोहम्मद बघेरीको मृत्यु भएको इरानको सरकारी टेलिभिजनले जनाएको छ।

बघेरी मारिएको र यसको स्वतन्त्र पुष्टि हुन भने बाँकी अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेको छ। यस अघि इरानको शक्तिशाली सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड (आइआरजिसी)का प्रमुख मेजर जनरल हुसेन सलामी मारिएका थिए।

आइआरजिसीले उनको मृत्यु भएको पुष्टि समेत गरेका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *