जेठ २९ काठमाडौँ ।
संसद् अवरोध खुलाउने बारे सभामुख र प्रतिपक्षी दल नेकापा (माओवादी केन्द्र) बिच छलफल भएको छ।
भिजिट भिसा प्रकरणका कारण अवरुद्ध रहेको प्रतिनिधिसभा खुलाउन सभामुख देवराज घिमिरे र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच छलफल भएको हो।
आज संसद् भवन नयाँ बानेश्वरमा भइरहेको छलफलमा उपसभामुख इन्दिरा रानामगर र माओवादीका प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी भएका छन्।
बैठकमा सदनको गतिरोध अन्त्यका विषयमा छलफल भइरहेको जानकारी दिएका छन्।
Post Views: 52