जेठ २९ काठमाडौं ।
भारतमा उड्दा उड्दैको जहाज खसेको छ। भरत गुजरातको राजधानी अहमदाबाद बाट लन्डन उडेको जहाज उडेको केहि समयमा नै दुर्घटनाग्रस्त भएको छ।
जहाज धावनमार्ग छोडेर केही उचाइ माथि जानेबित्तिकै बिस्तारै तल झर्न थालेको थियो। प्रत्यक्षदर्शीले खिचेको भिडिओ अनुसार जहाजले उचाइ लिन नसकेको र विमानस्थल नजिकको घरमाथि खसेको देखिएको छ।
बिमान घरमाथि ठोकिन् बित्तिकै ठूलो विस्फोटको आवाज सहित आगोलागी भएको थियो। बिमान दुर्घटना भएको घर डाक्टरहरूको आवासीय भवन भएको भारतीय मिडियाहरूले जनाएका छन्।
चालक दलका सदस्य सहित २४२ जना रहेको उक्त जहाज दुर्घटना भएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाह अहमदाबादतर्फ लागेका छन्। उनीहरू दुवैको गृहराज्य गुजरात नै हो।
Post Views: 6