जेठ २९ काठमाडौं ।
हुम्लामा जडीबुटी संकलनमा रोक लगाएको छ। हुम्लाको नाम्खा गाउँपालिका– ६ को लिमी उपत्यका क्षेत्रमा ३ वर्षसम्मका लागि जडीबुटी संकलन गर्न नपाइने भएको छ।
हुम्लाको नाम्खा, लिमीमा प्राकृतिक सम्पदा, जडीबुटी तथा वनस्पति संरक्षण व्यवस्थापनका लागि ३ वर्षसम्म भेडाँबाख्रा, चौँरी लगाएत पशुचौपया चराउन समेत प्रतिबन्ध लगाइएको जनाएको छ।
नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङको अनुसार वडाले सूचना प्रकाशन गरेको मितिदेखि तीन वर्षसम्म जडीबुटी संकलन गर्न, भेँडा बाखा–चौँरी चराउन पूर्ण रूपमा प्रतिबन्धित गरिएको बताएका छन्।
नियम उल्लंघन गर्न जोकसैलाई प्रचलित कानुन अनुसार वडाले कारबाही गर्ने तामाङले बताएका छन्।
Post Views: 114