सेयर बजार नेप्से परिसूचक २६६४ कायम

जेठ २८ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २६६४ कायम भएको छ। अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १३.६९ अंक घटेर २६६४ कायम भएको हो।

आज ९ अर्ब ९० करोडको कारोबार भएको छ। हाइड्रोपावर बाहेक सबै सेक्टरका सूचक घटेको छ।

जीवन बीमा ०.८४, निर्जीवन बीमा ०.७१, बैंकिङ ०.५१, विकास बैंक ०.७८, होटल, पर्यटन १.०८, लगानी १.०७, उत्पादन तथा प्रशोधन ०.६१, माइक्रोफाइनान्स ०.४१, अन्य १.५७ र व्यापार समूह ०.९२ प्रतिशत, सप्तकोशी विकास बैंकको ४.८३, स्वाभिमान लघुवित्तको ३.९४ तथा बोटलर्स नेपाल बालाजुको ३.८९ प्रतिशत मूल्य घट्यो।

तीन हाइड्रोपावर कम्पनी पियोर इनर्जी, सिनर्जी पावर र बुटवल पावरको मूल्य १० प्रतिशत, रिभर फल्स पावरको ७.६४, गुराँस लघुवित्तको ७.१४ र श्री इन्भेस्टमेन्ट फाइनान्सको ६.०७ प्रतिशत मूल्य बढ्यो।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *