जेठ २८ काठमाडौं ।
चितवन राष्ट्रिय निकुञ्ज सौराहामा हुर्केको गैँडा सदर चिडियाखाना पठाइएको छ। चितवन राष्ट्रिय निकुञ्जले सौराहा बाट हुर्केको गैँडा सदर चिडियाखाना पठाएको हो।
वन मन्त्रालयको निर्णय अनुसार करिब ३० महिनाको पोथी गैँडा (पूजा) लाई आज सदर चिडियाखाना पठाईएको छ।
चितवन राष्ट्रिय निकुञ्जले सौराहा स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काइएको अर्को गैँडा पनि सदर चिडियाखाना जावलाखेल पठाएको छ।
पूजालाई २०७९ कात्तिक १० गते बाघले आक्रमण गरेर घाइते भएको अवस्थामा सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र परिसरमा लगिएको थियो।
Post Views: 141