किर्गिजस्तानका पूर्व राष्ट्रपति अताम्बायेभलाई भ्रष्टाचार मुद्धामा ११ वर्ष जेल सजाय

जेठ २१ काठमाडौं ।
किर्गिजस्तानका पूर्व राष्ट्रपति अताम्बायेभलाई भ्रष्टाचार मुद्धामा ११ वर्ष जेल सजाय सुनाएको छ। अदालतले अताम्बायेभलाई भ्रष्टाचार र अशान्तिमा संलग्न रहेको अभियोगमा ११ वर्षभन्दा बढी जेल सजाय सुनाएको हो।

सन् २०१९ र २०२० का आन्दोलनहरूमा भाग लिएको र अवैध भूमि अधिग्रहणको आरोपमा अल्माज्बेक अताम्बायेभलाइए दोषी ठहर गरिएको हो।

अदालतले उनको अनुपस्थितिमा सजाय तोकेको भएता पनि किर्गिजस्तानका वर्तमान राष्ट्रपति सादिर जापारोभले अताम्बायेभलाई आममाफी दिन आग्रह गरेमा आफूले माफी दिनेबारे विचार गर्ने बताएका छन्।

सन् १९९१ मा सोभियत सङ्घको पतनसँगै स्वतन्त्रता प्राप्त गरेयता किर्गिजस्तानमा तीनवटा क्रान्ति भएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *