जेठ २१ काठमाडौं ।
आज संसदको दुवै सदनको बैठक बस्दै छ। आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक र राष्ट्रिय सभाको बैठका दिउँसो सवा १ बजेका लागि बोलाइएको छ।
बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमान माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने छन्।
राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री पौडेलले राजश्व र व्ययको वार्षिक अनुमान माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची छ। मंगलबार दुवै सदनको बैठक प्रतिपक्षी दलहरूसँग सहमति हुननसक्दा बस्न सकेको थिएन।