जेठ २० काठमाडौं ।
आज संघीय संसद् दुवै सदनको बैठक बस्दै छ। बिहान ११ बजे प्रतिनिधि सभा र दिउँसो १ः१५ बजे राष्ट्रियसभा बैठक बस्ने भएको छ।
आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको अनुमानमा छलफलको प्रस्ताव पेश गर्नेछन् भने राज्यव्यवस्था समितिले निजामती सेवा विधेयक पेश गर्ने कार्यसूचि रहेको छ।
त्यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नछन्।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। साथै ‘प्रतिनिधिसभाबाट प्राप्त भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्तावसमेत सभामा प्रस्तुत हुनेछ।
राष्ट्रियसभामा भन्सार विधेयक र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफल हुनेछ, जसमा संशोधन प्रस्ताव पनि प्रस्तुत हुने कार्यसूचि रहेको छ।
Post Views: 113