जेठ १९ काठमाडौँ ।
भोली ‘नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट फोरम २०२५’ आयोजना हुने भएको छ। तीन दिन सम्म चल्ने सम्मेलनले नेपालमा वैदेशिक लगानी प्रवर्द्धनमा सहयोग गर्ने अपेक्षा गरिएको जनाएको छ।
ललितपुरको पुलचोकमा रहेको द प्लाजा होटेलमा २०, २१ र २२ गते सम्म इम्प्याक्ट इन्भेष्टमेन्ट फोरम चल्ने आयोजकले बताएका छन्।
इन्भेष्ट फर इम्प्याक्ट नेपालद्धारा आयोजना गरिने यो फोरममा विभिन्न विकास वित्तीय संस्था, प्रभावकारी लगानीकर्ता, निजी क्षेत्र, सरकारी नियामक निकाय तथा अन्तर्राष्ट्रिय साझेदारको सहभागिता रहने नेपाल बैंकर्स सङ्घका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० अनिल शर्माले बताएका छन्।
कार्यक्रममा नीति संवाद, लगानीकर्ताबीचको बैठक, क्षेत्रीय अवलोकन भ्रमण लगायत विविध गतिविधि सञ्चालन हुने आयोजकले जनाएका छन्।
Post Views: 96