जेठ १९ काठमाडौं ।
विश्व बैंकले विद्युत् र सिँचाइ सेवामा सुधार ल्याउन नेपाललाई ऋण दिने भएको छ। विश्व बैंकले परियोजनाको लागि २५७ मिलियन अमेरिकी डलर ९३५ अर्ब रुपैयाँ भन्दा धेरै० ऋण सहयोग स्वीकृत गरेको छ।
विश्व बैंकको कार्यकारी निर्देशक समितिले मे २९ मा नेपालका लागि दुईवटा परियोजनाहरू स्वीकृत गरेको हो। यी परियोजनाको मूख्य लक्ष्य विद्युत् वितरण सेवामा सुधार ल्याउने र सिँचाइ सेवा सुधार गरी कृषि उत्पादकत्व वृद्धि गर्न सहयोग पुर्याउने रहेको विश्व बैंकले जनाएको छ।
यस परियोजना बाट थप १७,५०० हेक्टर क्षेत्रफलमा वर्षभर सिँचाइ सुविधा पुग्ने र करिब १,६०,००० जनसङ्ख्या लाभान्वित हुने अनुमान गरिएको छ।
यसले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा वर्षभरी सिँचाइ सुविधा विस्तार गर्ने, कृषि उत्पादनमा वृद्धि ल्याउने र जलवायु सहनशीलता मजबुत बनाउने काम गर्ने विश्व बैंकले जनाएको छ।
यो परियोजना जलस्रोत तथा सिँचाइ विभाग र कृषि विभागले संयुक्त रूपमा कार्यान्वयन गर्दैछन्।