मुक्तिनाथधाममा पदमार्ग निर्माण अन्तिम चरणमा

जेठ १८ काठमाडौं ।
मुक्तिनाथधाममा पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ। मुक्तिनाथधाममा भक्तजनको सहजताका लागि पुराङ रानीपौवा बजार र ज्वालामाई गुम्बा जाने पदमार्ग निमार्ण भएको छ।

मुक्तिनाथधामको दुईवटा स्थानमा भक्तजन पदमार्ग अन्तिम चरणमा पुगेको हो। मुक्तिनाथधामको पुराङ रानीपौवा बजारक्षेत्रमा ४५ प्रतिशत र मुक्तिनाथ प्रवेशद्वारदेखि ज्वालामाई गुम्बा जाने बाटो ८० प्रतिशत काम सम्पन्न भएको जनाएको छ।

आर्थिक वर्ष २०८१, ८२ अन्तर्गत सालबसाली ठेक्काअन्तर्गत मुक्तिनाथधामको दुई स्थानमा अलगअलग पदमार्गको डिभिजन सडक कार्यालय बाग्लुङमार्फत पदमार्ग निर्माणको ठेक्का सम्झौता भएको थियो।

सम्झौता भई निर्माणकार्य अन्तिम चरणमा पुगेको डिभिजन सडक कार्यालय बागलुङका इन्जिनियर सागर भण्डारीले जानकारी दिएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *