पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बृद्धि

जेठ १७ काठमाडौं ।
डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बृद्धि भएको छ। मूल्य वृद्धि आज राति १२ बजेबाट लागू हुने गरि पेट्रोल र डिजेलमा एक रुपैयाँले मूल्य वृद्धि गरेको नेपाल आयल निगमले जनाएको छ।

निगमले उपलब्ध गराएको विवरण अनुसार, आन्तरिकतर्फ ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति किलो लिटर २२ अमेरिकी डलरले घटाइएको छ । भने हवाइ इन्धनको मूल्य घटेको छ।

चारआली, विराटनगर, अमलेखगञ्ज, जनकपुर, भलवारी, नेपालगञ्ज, धनगढी, वीरगञ्जमा भने पेट्रोलको मूल्य १ सय ५६ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ।

त्यस्तै, काठमाडौंमा डिजेल र मट्टितेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा १ सय ४३ रुपैयाँ पर्नेछ। सुर्खेत र दाङमा भने डिजेल र मट्टितेलको मूल्य १ सय ४२ रुपैयाँ पर्ने  जारी गरेको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *