जेठ १७ काठमाडौं ।
आज देशै भरी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेकोले अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ।
देशको उच्च–पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का वर्षा, हिमपात र मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
Post Views: 4