जेठ १६ काठमाडौं ।
परराष्ट्र मन्त्री आरजु राणा र चिनियाँ विदेश मन्त्री वाङ बीच भेट भएको छ।
विदेश मन्त्री वाङको निमन्त्रणामा अन्तर्राष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोह पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा रहेकी मन्त्री राणा र चिनियाँ विदेश मन्त्रीबीच भेटवार्ता भएको जनाएको छ।
भेटका क्रममा नेपाल(चीन सम्बन्ध, आपसी हित, साझा चासो र सरोकारका साथै यस वर्ष दुवै देशले मनाइरहेका नेपाल चीन कूटनीतिक सम्बन्धका विषयहरूमा छलफल भएको जनाएको छ।
मन्त्री राणाले नेपालले हालै सम्पन्न गरेको सगरमाथा संवादमा चीनबाट भएको प्रतिनिधित्वका लागि चीन सरकारलाई विशेष धन्यवाद दिएकी थिइन्।
Post Views: 6