जेठ १६ काठमाडौं ।
पोर्चुगल लिस्बनस्थित नेपाली राजदूतावासले पहिलो पटक राहदानी सेवा दिने भएको छ।
नेपाली राजदूतावासले अन्य कागजात प्रमाणिकरणको काम गरिहेकोमा अहिले विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउने सेवा पहिलो पटक नेपाली नागरिकहरुका लागि सुरु गर्ने भएको छ।
दूतावासले २ जुनदेखि १३ जुन २०२५ सम्म विद्युतीय राहदानी सेवा सुरु गर्ने जनाएको छ। यस अघि फ्रान्सस्थित नेपाली दूतावासको टोली र राहदानी विभाग काठमाडौँको टोली पोर्चुगल आएर घुम्ती सेवामार्फत् मात्रै पोर्चुगलवासी नेपालीलाई सेवा प्रदान गर्दै आएको थियो।
विशेष गरी हराएका, म्याद सकिएका र फाल्ता भएका नेपालीका राहदानी सेवा प्रदान गरिने जनाएको छ। दूतावासका अनुसार पोर्चुगलमा करिब ६० हजार नेपाली बसोबास गर्छन्।
Post Views: 9