यस वर्षको तेन्जिङ हिलारी एभरेष्ट म्यारथनको उपाधि सुमन र लाक्पाले जिते

जेठ १६ काठमाडौं ।
यस वर्षको तेन्जिङ हिलारी एभरेष्ट म्यारथनको उपाधि सुमन कुलुङ र लाक्पा ङिमा शेर्पाले जितेका छन्। सगरमाथाको सफल आरोहणको ७२औं वार्षिकोत्सवको अवसरमा हिमालय एक्सपिडिसन कम्पनीले हरेक वर्ष विश्वकै सर्वोच्च उचाइमा एभरेष्ट म्याराथन आयोजना गर्दै आएको छ।

सगरमाथाको ७२औं वार्षिकोत्सवको अवसरमा हिमालय एक्सपिडिसनले म्याराथन आयोजना गरेको हो। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका(५ का सुमन कुलुङले एभरेस्ट बेसक्याम्पदेखि नाम्चेसम्मको ४२ किलोमिटर दूरी ३ घण्टा ५० मिनेट २६ सेकेन्डमा पार गर्दै पहिलो भएका हुन्।

रामेछापका गोपाल तामाङले ३ घण्टा ५५ मिनेट १२ सेकेन्ड समय निकाल्दै दोस्रो भए भने सोलुखुम्बुको महाकुलुङ गाउँपालिका(१ का अर्जुन कुलुङले ४ घण्टा २ मिनेट ३५ सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो भएका छन्।

यसैगरी महिलातर्फको प्रहरी जवान लाक्पा ङिमा शेर्पाले उपाधि जितेकि छन्। ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका–९ की लाक्पा ङिमा शेर्पाले निर्धारित दूरी ५ घण्टा १५ मिनेट ४६ सेकेण्डमा पूरा गरिन् ।

त्यस्तै अनिता राईले ५ घण्टा २८ मिनेट ०९ सेकेण्डमा मा दूरी पार गर्दै दोस्रो भने दिलकला गुरुङ ६ घण्टा ४० मिनेट ३१ सेकेण्ड समय निकाल्दै तेस्रो भएकि छन्।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *