गणतन्त्र दिवसको अबसरमा बृक्षरोपन (तस्बिरहरु)

जेठ १५ काठमाडौं ।

आज गणतन्त्र दिबसको अबसरमा (अखिल क्रान्तिकारी) बानेश्वर क्याम्पस समितिले बृक्षरोपन तथा झण्डात्तोलन कार्यक्रम गरेको छ।

आज १८ औं गणतन्त्र दिवस जननिर्वाचित पहिलो संविधानसभा बाट वि.सं.२०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनको सम्झनामा (अखिल क्रान्तिकारी) बानेश्वर क्याम्पस समितिले बृक्षरोपन तथा झण्डात्तोलन कार्यक्रम गरेको हो।

कार्यक्रम क्याम्पस समिति संयोजक पेरिस राजस्वराज गिरिको अध्यक्षता र संघसंगठनका केन्द्रीय उपाध्यक्ष बिराज थापा संघसंगठनका निवर्तमान सचीव रबिन बस्नेत र शिक्षा पान्डे संघसंगठनको केन्द्रिय सदस्य ज्योतिराज गिरि बानेश्वर क्याम्पस समिति पुर्ब अध्यक्ष मुकेश बुढा क्याम्पस जिल्ला सहसचिव रन्जु सेजवालको उपस्थित मा कार्यक्रम भएको थियो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *