जेठ १५ काठमाडौं ।
आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ। २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरंकुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनामा गणतन्त्र दिवस मनाउने गरिएको हो।
जनआन्दोलन ०६२ र ६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ। १८ औं गणतन्त्र दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी भव्यता र हर्षाल्लासका साथ मनाइँदैछ।
आज गणतन्त्र दिवस मूल समारोह समितिद्धारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल लगायत विशिष्ट व्यक्तिहरु सहभागी हुने छन्।
गौरवमय परिवर्तनका लागि सहादत प्राप्त गर्ने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतन्त्रका लागि संघर्ष, त्याग र बलिदान गर्ने अग्रजको योगदानको स्मरण गरिने छ।