जेठ १४ काठमाडौं ।
आज फरक फरक ठाउँमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले बझाङ र कास्कीमा भूकम्पको धक्का महसुस भएको जनाएको छ।
कास्कीकै फूलिबाङ आसपास क्षेत्रमा ४.४, कास्कीको अन्नपूर्ण क्षेत्रमा ४.१ र बझाङको मासदेव क्षेत्रलाई केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको केन्द्र जनाएको छ।
Post Views: 10