आज सङ्घीय संसद्को दुवै सदनको बैठक

जेठ १४ काठमाडौं ।
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्ने कार्यसूची रहेको छ।

बैठकमा विभिन्न विधेयक र प्रतिवेदन पेश हुनेछन्। उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण पेश गर्नेछन् भने, भूमि सम्बन्धी ऐन संशोधन विधेयक पारित गर्ने प्रस्ताव पेश गर्ने कार्यसूचि छ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने कार्यसूची तय भएको छ।

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि दफावार छलफल गरी आजै पारित गरियोस् भन्ने प्रस्ताव पेस हुने सम्भावित कार्यसूचि छ।

त्यस्तै प्रतिनिधिसभाको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूचि छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *