जेठ १३ काठमाडौं ।
संसद् खुलाउन निरन्तर छलफल भएको छ। संसद् बैठक विपक्षीहरूको अवरोधका कारण स्थगित भयो।
गृहमन्त्री रमेश लेखक विरुद्धको आरोप र मागहरु राखि संसद् अवरोध गरेका थिए। सभामुखको पहलमा सहमतिको प्रयास भए पनि अडान रहेकाले आजको संसद् बैठक असफल भयो।
सत्ता र प्रतिपक्षीबीच सहमतिको प्रयास गर्न सभामुख देवराज घिमिरेको पहलमा उपसभामुख तथा प्रमुख सचेतक र मुख्य सचेतकको सहभागीमा बैठक बसेका छन्।
सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेले बैठकमा आफ्ना धारणा राख्न उपस्थित भएका गृहमन्त्री रमेश लेखकलाई रोक्न नहुने अडान राखेका छन्।
आफूमाथि लागेका आरोपबारे स्पष्ट पार्न गृहमन्त्री लेखकले बोल्न पाउनु पर्ने उनीहरूको माग छ। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र लगायत विपक्षी दलहरू गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको मागमा अडिक भएका छन्।
Post Views: 17