दुईदिने भ्रमणका लागि नेपाल आउँदै न्युजिल्यान्डका उपप्रधानमन्त्री

जेठ १३ काठमाडौं ।
दुईदिने भ्रमणका लागि न्युजिल्यान्डका उपप्रधानमन्त्री नेपाल आउँने भएक छन्। दुई दिने नेपाल भ्रमणका लागि न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पिटर्स आउने भएका हुन्।

नेपालमा हुने न्युजिल्यान्डको उपप्रधानमन्त्री तथा विदेशमन्त्रीको औपचारिक पहिलो भ्रमण हो। भ्रमणका लागि जेठ १५ गते काठमाडौं आउन लागेको पारराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल बसाइँको क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यसूचि छ।

उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्सटन पिटर्सले अष्ट्रेलिया, श्रीलंका, नेपाल र भारतको भ्रमण गर्ने न्युजिल्यान्ड सरकारको आधिकारिक वेबसाइटमा प्रकाशित एक विज्ञप्तिमा उल्लेख गरिएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *