अन्नपूर्णमा म्याराथन दौड प्रतियोगिता हुने

जेठ १२ काठमाडौं ।
अन्नपूर्ण आधार शिविरमा म्याराथन दौड प्रतियोगिता हुने भएको छ।

पहिलो पटक मानव पाइला टेकेको ७५ वर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको हीरक महोत्सवमा ३० किलोमिटर लामो म्याराथन दौड हुन लागेको छ।

अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) आरोहणको हीरक महोत्सवका अवसरमा अन्नपूर्ण प्रथम आधार शिविरमा म्याराथन दौड प्रतियोगिता हुने भएको हो।

यही जेठ २० गते अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण आधार शिविर बाट नारच्याङ गाउँसम्म म्याराथन दौड प्रतियोगिता सञ्चालन हुने गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिएका छन्।

जेठ १६ देखि २१ गतेसम्म विविध कार्यक्रमसहित मनाउन लागिएको अन्नपूर्ण हीरक महोत्सवका अवसरमा जिल्लामै पहिलो पटक उच्च उचाइमा म्याराथन दौड प्रतियोगिता हुने जसमा ६० जनाले सहभागिता जनाउने अध्यक्षले बताएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *