जेठ १२ काठमाडौं ।
समयमा ५५ सय कर्मचारीले सम्पति विवरण बुझाएका छैनन्। करिब ५५ सय कर्मचारीले सम्पति विवरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएका छन्।
आज केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सार्वजनिक पदमा रहेका ७ लाख ७६ हजार कर्मचारी मध्ये ५ हजार ५ सय जनाले सम्पत्ति विवरण नबुझाएको जनाएको हो।
सम्पत्ति विवरण नबुझाएको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस गरेको छ। भ्रष्टाचार निवरण ऐन अनुसर सम्पत्ति विवरण नबुझाउने कर्मचारी माथि ५ हजार रुपैयाँ जरिबाना हुन्छ।
Post Views: 125