जेठ १२ काठमाडौं ।
इसराइलले गजामा हवाइ आक्रमण गरेको छ । हवाइ आक्रमणमा परि कम्तिमा ३० जनाको मृत्यु भएको छ। भने इसराइलले गजापट्टिको जबालिया क्षेत्रमा गरेको हवाई आक्रमण गरेको गजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार स्थानीय सञ्चारमाध्यममा कार्यरत पत्रकार हसन मज्दी अबु वार्दाको र उद्धारमा खटिएका वरिष्ठ अधिकारीको मृत्यु भएको जनाएको छ।
इसराइलक हवाई हमलापश्चात अन्तर्राष्ट्रिय रेड क्रस सोसाइटीले विज्ञप्ती जारी गर्दै आफ्ना दुई अधिकारी पनि मारिएको बताएका छन्।
गजा बाट सञ्चालित मिडियाहरूले गजापट्टिका ७७ प्रतिशत भूभाग इसराइली सेनाले कब्जा गरेको उल्लेख गरेका छन्।
जमिन बाट पनि बमबारी गर्दै घरहरू ध्वस्त पारेको र त्यहाँबाट मानिसहरूलाई विस्थापित गरेको बताएको छ।
गजाका धेरै क्षेत्रहरूमा कार्यरत इजरायली सेनाविरुद्ध बम र ट्याङ्क विरोधी रकेट आक्रमण गरिएको समेत बताएको छ।