पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त

जेठ ११ काठमाडौं ।
पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त भएका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा दुईजना नेपाली राजदूतलाई गैरआवासीय जिम्मेवारी प्रदान गरेका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) अनुसार नेपालको गैरआवासीय राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

लक्जेम्बर्ग, बेल्जियमका लागि नेपालकी आवासीय राजदूत सेवा लम्साल, जर्मनीका लागि नेपालकी आवासीय राजदूत डा. शैल रूपाखेती होली सी, गणतन्त्र पोल्याण्ड, रोमानिया, हंगेरी र स्लोभाक गणतन्त्रका लागि नेपालको गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको जनाएको छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *