जेठ ११ काठमाडौं ।
गोसाइँकुण्डमा भक्तजनको आगमन सुरु भएको छ। यही जेठ १३ गते देखि गोसाइँकुण्मा सुरु हुने मेलाका लागि भक्तजन आउन थालेका हुन्। गोसाइँकुण्ड क्षेत्र विकास समितिको अनुसार मेला २४ गते एकादशीसम्म सञ्चालन हुने जनाएको छ।
जिल्लाको उच्च भागमा अवस्थित समुन्द्र सतह बाट चार हजार ३८० मिटर उचाइ अवस्थित कुण्ड जानका लागि काठमाडौँदेखि धुञ्चेसम्मको मोटर यात्रा गरेपछि पैदल यात्रा सुरू हुने र तिवारी बगर, खन्ति, देउराली, डिम्सा, चोलाङपाटी हुँदै गोसाइँकुण्ड पुग्न सकिन्छ।
गङ्गा दशहरा पर्वका लागि पतञ्जली योग समितिमार्फत आएका २५० भन्दा बढी भक्तजन आज गोसाइँकुण्डतर्फ प्रस्थान गरिसकेको नेपाल प्रहरीले जनाएको छ।
धार्मिक मान्यता अनुरूप जीवनमा एकपटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थस्थल भएका कारण भक्तजन गोसाइँकुण्ड पुग्ने गरेका छन्।
Post Views: 19