जेठ ११ काठमाडौं ।
राष्ट्र बैंकले वित्तीय प्रणाली व्यवस्था गर्न १ खर्ब तरलता खिच्दै छ। नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता व्यवस्थापन गर्न तरलता खिच्न लागेको हो।
स्थायी निक्षेप मार्फत प्रणालीको तरलता व्यवस्थापन नभएपछि साताको ३ पटकसम्म निक्षेप संकल उपकरण मार्फत तरलता खिच्ने गरेको हो।
केन्द्रीय बैंक आज फेरि २१ दिन अवधिको लागि ३० अर्ब निक्षेप संकलन जारी गरेको छ। तरलता स्थायी निक्षेप तथा निक्षेप संकलन मार्फत कुल ३ खर्ब ६२ अर्ब केन्द्रीय बैंकमा राखेका छन्। यो रकममध्ये निक्षेप संकलन उपकरणको १ खर्ब ९० अर्ब र स्थायी निक्षेपको १ खर्ब ७२ अर्ब ७५ करोड रुपैयाँ छ।
स्थायी निक्षेप मार्फत केन्द्रीय बैंकमा रहेको अधिक तरलता ३ दिनका लागि प्रणालीबाट केन्द्रीय बैंकमा रहन्छ। भने पछिल्लो समयको निक्षेप संकलन उपकरण मार्फत केन्द्रीय बैंकमा गएको पैसा २१ दिनका लागि ‘होल्ड’ हुन्छ।