निजामती कर्मचारीहरुले गरे सामान्य प्रशासन मन्त्रालयमा धर्ना

जेठ ११ काठमाडौं ।
निजामती कर्मचारीहरुले सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका छन्। कर्मचारीहरुले सेवा अवधि घटाउनुपर्ने, समायोजनको अवसर दिनुपर्ने र अन्तरप्रदेश सरुवाको व्यवस्था हुनुपर्ने माग गर्दे धर्ना दिएका हुन्।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कर्मचारीमैत्री नरहेको भन्दै मन्त्रालयमा धर्ना दिएका हुन्।

आज सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीहरुले धर्ना दिएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *