जेठ १० काठमाडौं ।
पश्चिमी तथा स्थानीय वायुको प्रभावले देशभर वर्षाको सम्भावना रहेको छ। बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, मधेश र बागमती प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाएको छ।
आज दिउँसो सातै प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही एक(दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली क्षेत्रको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना समेत रहेको जनाएको छ।
Post Views: 209