हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीलाई भर्नामा रोक

जेठ ९ काठमाडौं ।
हार्वर्ड विश्वविद्यालयमा  विदेशी विद्यार्थीलाई भर्नामा रोक लगाएको छ। अमेरिकी सरकारले अहिले अध्ययन गरिरहेका विदेशी विद्ययार्थीहरुलाई अरू विश्वविद्यालयमा पठाउन निर्देशन गरेको हो।

यस सँगै हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी पढ्न पाँउने अधिकार खोसिएकोको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका गृहमन्त्री कृष्टि नोयमले विश्वविद्यालयलाई पत्राचार गर्दै विदेशी विद्यार्थी भर्ना नगर्न निर्देशन दिएको हो।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको अनुसार गृहमन्त्री नोयमले विश्वविद्यालयको स्टुडेन्ट एन्ड एक्सचेन्ज भिजिटर प्रोग्राम एसइभिपी प्रमाणीकरण शैक्षिक सत्र २०२५,०२५ देखि खारेज गर्न निर्देशन दिएको जनाएको छ।

विश्वविद्यालयलाई अहिले पढिरहेका विदेशी विद्यार्थीहरुको विवरण ७२ घन्टाभित्र उपलब्ध गराउन आदेश दिइएको रोयटर्सले जनाएको छ। विश्वविद्यालयमा प्यालेस्टिनीको समर्थनमा र इसराइल विरोधी प्रदर्शन भएका थिए।

हार्वर्डले कथित यहूदी विरोधी भावनाको सामना गर्न चासो नदेखाएको र उदारवादी राजनीति गरेको आरोप लगाउँदै ट्रम्पले यस अघि संघीय सरकारले दिने २ अर्ब २० करोड डलरभन्दा बढी रोक्का गरिसकेका छन्।

हार्वर्ड विदेशी विद्यार्थीहरूलाई शिक्षित गर्न पूर्ण प्रतिबन्ध रहेको विश्वविद्यालयले विज्ञप्ती जारी गरेर भनेको छ। ट्रम्प प्रशासनको यो कदमलाई डेमोक्र्याटहरूले पनि निन्दा गरेका छन्।

गृहमन्त्री नोयमले भने हार्वर्डले हिंसालाई प्रश्रय दिएको, यहूदी विरोधी भावनालाई बढावा दिएको र चिनियाँ कम्युनिस्ट पार्टीसँग समन्वय गरेको आरोप लगाएकी छन्। उनले हार्वर्डसँगै अरू विश्वविद्यालयहरूलाई पनि कारबाही गर्ने तयारी रहेको बताएकी छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *