जेठ ९ काठमाडौं ।
आज देखि पोखरामा होमस्टे मार्ट सञ्चालन हुँने भएको छ। आज र भोली होमस्टे मार्ट सञ्चालन हुँने भएको हो। होमस्टे सञ्चालकहरूले होमस्टे मार्टमा आफ्नो होमस्टे बाट प्रदान हुने प्याकेजबारे प्रचार गर्ने जनाएका छन्।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल भिटोफ को सहआयोजनामा हुने २ दिने मार्टमा प्रदेशभित्रका विभिन्न होमस्टेहरू सहभागी हुँने भएका छन्।
बोर्डका पोखरा कार्यालय प्रमुख मणिराज लामिछानेका अनुसार गाउँ र सहरलाई जोड्न होमस्टे मार्ट गरेको गरेको बताएका छन्।’
मार्टमा सामुदायिक होमस्टे तथा गाउँको पर्यटन व्यवसायीका स्टल, गाउँ पर्यटन प्रवर्द्धनमा उद्योग र व्यवसायीको भूमिका, गाउँ पर्यटन प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिकाबारे छुट्टाछुट्टै बहस हुने साथै विभिन्न जातजातिको सांस्कृतिक प्रस्तुति राखिएको समेत बताएका छन्।
गण्डकी प्रदेश सरकारले प्रदेशभरी होमस्टे विस्तार र विकास गर्ने गरी बर्सेनि करोडौं रकम लगानी गर्दै आएको छ। भने सरकारले हालसम्म ५० करोड भन्दा बढी लगानी होमस्टेमा गरेक तथ्याङ्क रहेको छ।