जेठ ८ काठमाडौं ।
मुन्दुम पदमार्गको प्रवद्र्धनका लागि चित्रकला प्रदर्शन गरेको छ। पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको ‘क्यानभास’मा टेम्केमैयुङ ‘राष्ट्रिय चित्रकला कार्याशाला’मार्फत चित्रकारले यसका विशेषतालाई चित्रमा उतारेका छन्।
सरकारले घुम्नुपर्ने १०० पर्यटकीय गन्तव्य घोषणा गरेको मुन्दुम पदमार्गका विशेषतालाई चित्रकारहरुले तस्बिरमा उतारेका हुन्।
२० जना राष्ट्रिय कलाकारले पदमार्गमा देखिने रेडपाण्डा ९हाब्रे०, किरात संस्कृतिसँग जोडिएको तायामा खियामा, चिण्डो ९वाबुक० स्थानीयको वेशभुषालाई चित्रमा समेटेका छन्।
पर्यटकीयस्थल चखेवामा आयोजना गरिएको कार्याशालामा चित्रकलाको माध्यमबाट मुन्दुम पदमार्गको विकास, प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने लक्ष्यको क्यानभासमा टेम्केमैयुङ राष्ट्रिय चित्रकला कार्यशालाको आयोजना गरिएको टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ।
मुन्दुम पदमार्गलाई योग, ध्यान केन्द्रको रुपमा स्थापित गराउने लक्ष्य रहेको मुन्दुम् गाउँपालिकाको अध्यक्ष सरोज बस्नेतले बताएका छन्। तीनदिने कार्यशालामा बनाइएका चित्रलाई काठमाडौँमा पनि प्रदर्शनी गरिने बताएका छन्।