जेठ ६ काठमाडौं ।
विश्वनाथ पौडेल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त भएका छन्। आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रा।डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको हो।
यस नियुक्तिले राष्ट्र बैंकमा लामो समयदेखि देखिएको अस्थिरता समाप्त भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराई सहित तिन जनाको नाम सिफारिस गरेको थियो।
सिफारिस भएका तीन नाममध्ये पहिलो नम्बरमा रहेका पौडेललाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गरेको हो।
Post Views: 62