जेठ ६ काठमाडौं ।
आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ। आज ५ः३० बजे मन्त्रिपरिषद बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।
बैठले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना रहेको जनाएको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको गभर्नर सिफारिस समिति बैठक पनि आजै बस्दैछ।
गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्ने व्यवस्था छ। उक्त सिफारिसका आधारमा मन्त्रिपरिषदले गभर्नर नियुक्ति गर्ने छ।
Post Views: 19