जेठ ६ काठमाडौं ।
बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरका कारण बङ्गुरको मृत्यु भएको छ। अफ्रिकन स्वाइन फिभर सङ्क्रमणका कारण ३६ बङ्गुरको मृत्यु भएको हो।
बराहक्षेत्र १ मा रहेको कृषि फार्ममा स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाले जानकारी दिएको छ।
यस अघि सुनसरीको दुहबी, राम धुनी र धरानमा सङ्क्रमण देखिएको थियो। बराहक्षेत्रमा मात्र अहिलेसम्मा फिभरले ३६ बङ्गुरको मृत्यु र ५७ वटामा अझै सङ्क्रमण देखिएको जनाएको छ।
Post Views: 19