जेठ ६ काठमाडौं ।
आज आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेल नेपालले थाइल्याण्सँग खेल्दै छ।
आज विहान पौने ९ बजेदेखि तेरथाइ क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालले पहिले बलिङ गर्दै छ। कप्तान इन्दु बर्माले टस जितेर पहिले बलिङ गर्ने गरेको हुन्।
आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत ‘सुपर थ्री’ को अन्तिम खेलमा नेपालले थाइल्याण्ड सँग खेलेको हो। नेपाल र थाइल्याण्ड दुवैले ग्लोबल छनोटमा स्थान पक्का गरिसकेका छन्।
आजको खेलको विजेताले एसिया छनोटको उपाधि जित्ने छ। नेपालले यूएईलाई हराउँदै पहिलोपटक एसिया छनोट पार गरेर ग्लोबल छनोटमा पुगेको हो।
Post Views: 22