प्रधानमन्त्री केपी शर्मा ओली र युरोपियन युनियनका राजदूतहरू भेट

जेठ ५ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र युरोपियन युनियनका राजदूतहरु बिच भेटघाट भएको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित काठमाडौँस्थित राजदूत र भारतको नयाँ दिल्लीस्थित गैरआवासीय राजदूतहरूको उपस्थिति रहेको थियो।

यही जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सम्पन्न सगरमाथा संवादका लागि युरोपियन युनियनका यति राजदूतहरू पटक नेपाल आएका हुन्। आज प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपियन युनियनको प्रतिनिधिमण्डलसँग शिष्टाचार भेट गरेका हुन्।

भेटमा नेपालको ५१ वर्षदेखिको कूटनीतिक सम्बन्ध र सहकार्यका विषयमा विमर्श भएको जनाएको छ। युरोपियन युनियनका राजदूतहरूले नेपालको विकास प्रयासहरूमा निरन्तर सहयोगको आश्वासन दिएका छन्।

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *