जेठ ५ काठमाडौं ।
झापामा करिब ३ करोड बढीको बृषि औजार बरामद गरेको छ। प्रहरीले झापामा भारतीय नाका हुँदै अवैध रूपमा ल्याइएका तीन कन्टेनरबाट कृषि औजार र बाली काट्ने मेसिन बरामद गरेको हो।
बिर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा जाँच गर्दा प्रहरीले कन्टेनरहरू नियन्त्रणमा लिएको छ। प्रहरीले बरामद सामानलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाएको जनाएको छ।
झापास्थित भारतीय नाका हुँदै भन्सार छलेर नेपाल भित्र्याइएको तीन करोड ६१ लाख रुपैयाँ मूल्यबराबरको कृषि औजार प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रवीण श्रेष्ठले बिर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा तीन भारतीय कन्टेनर जाँच गर्दा भन्सार छलेर अवैध रूपमा ल्याइएका सामान बरामद भएको जानकारी दिएको छ।
Post Views: 24