जेठ ५ काठमाडौं ।
आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे छ। भने राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्ने कार्यसूचि रहेको छ।
प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची रहको जनाएको छ।
त्यस्तै राष्ट्रियसभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ सभा समक्ष पेस गर्ने कार्यसूचि छ।
यसैगरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभा बाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रधस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत रहेको छ।