जेठ २ काठमाडौं ।
परराष्ट्रमन्त्री डा. आरजु राणा र भारतका वातावरण मन्त्री बीच भेट वार्ता भएको छ। आज परराष्ट्रमन्त्री राणा र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी मन्त्री भुपेन्दर यादवबीच भेटवार्ता भएको हो।
सगरमाथा संवादका लागि नेपाल आएका भारतीय मन्त्री यादव परराष्ट्रमन्त्री बीच सो साइडलाइन भेटवार्ता भएको हो।भेटमा मन्त्री डा. राणाले नेपालले अयोजना गरेको सगरमाथा संवादको पहिलो संस्करणमा सहभागी भएकोमा भारतीय मन्त्री यादव र भारत सरकारलाई धन्यवाद व्यक्त गरेको छिन्।
जलवायु परिवर्तनको मुद्धा नेपाल र भारतको साझा मुद्धा भएकाले यसको असरलाई कम गर्ने विषयमा के कसरी सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने बारेमा कुराकानी भएको जनाएको छ।
Post Views: 27