अमेरिकाले साउदी अरबलाई हतियार बिक्री गर्ने सम्झौता

वैशाख ३१ काठमाडौं ।
अमेरिकाले साउदी अरबलाई हतियार बिक्री गर्ने सम्झौता गरेको छ। साउदी अरबको भ्रमणमा रहकेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब १४२ अर्ब डलर मूल्यको हतियार साउदी अरबलाई बिक्री गर्न सहमति गरेका हुन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको अनुसार ट्रम्प मंगलबारदेखि खाडी मुलुकहरू साउदी अरेबिया, कतार र युएई भ्रमणमा निस्किएको जनाएको छ।

साउदी अरबलाई मिसाइल, क्षेप्यास्त्र, लडाकु विमान, समुद्री सुरक्षासँग सम्बन्धित हतियारहरू अमेरिकाले बेच्ने सम्झौता भएको जनाएको छ।

लकहिड मार्टिन सी–१३० परिवहन विमान, मिसाइल र रडार बिक्री गर्ने अपेक्षा गरिएको रोयटर्सले उल्लेख गरेको छ।
सुत्रहरूले बैठकमा एफ–३५ बारे पनि छलफल भएको तर वाशिङ्टनले स्पष्ट जबाफ नदिएको रोयटर्सले जनाएको छ।

त्यो हतियार ९ वर्षदेखि इसराइलले प्रयोग गर्दै आएको छ। यदि ट्रम्पले छलफलमा त्यसमा सहमति जनाएको भए साउदी अरेबिया इसराइल पछि मध्यपूर्वमा एफ–३५ सञ्चालन गर्ने दोस्रो देश बन्ने छ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *