निर्धारण भयो आजको लागि विदेशी मुद्राको विनिमयदर

वैशाख ३१ काठमाडौं ।
आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण भएको छ। अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा, बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा रहेको छ।

पाउन्डस्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८० रुपैयाँ ७४ पैसा, युरो एकको खरिददर १५१ रुपैयाँ ३६ पैसा बिक्रीदर १५२ रुपैयाँ २ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७४ पैसा तोकिएको छ।

त्यस्तै जापानी येन १० को खरिददर ९ रुपैयाँ २० पैसा र बिक्रीदर ९ रुपैयाँ २४ पैसा, साउदी रियाल १ को खरिददर ३६ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५४ पैसा कायमा भएको छ।

मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६६ पैसा, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९ पैसा र बिक्रीदर ३७ रुपैयाँ २६ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ९२ पैसा रहेको छ।

दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा तोकिएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *