वैशाख ३० काठमाडौं ।
आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मध्यपूर्वको भ्रमणका लागि साउदी अरब पुगेका छन्। ट्रम्प मध्यपूर्व देशहरूको भ्रमणमा छन्। तीनदिने भ्रमणको सिलसिलामा साउदी अरब पुगेका हुन्।
साउदी अरबका युवराज मोहम्मद बिन सलमानले किंग खालिद विमानस्थलमा ट्रम्पलाई स्वागत गर्ने पुगेका गरेका थिए।
ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेपछि पहिलो औपचारिक विदेश भ्रमण निस्कीएका हुन्।
ट्रम्पले (भोलि) मे १४ मा खाडी नेताहरूको शिखर सम्मेलनमा भाग लिनेछन् र त्यसपछि कतार जाने कार्यसूचि रहेको छ।
ट्रम्प आफ्नो भ्रमणको अन्तिम दिन मे १५ मा युएई पुग्नेछन्। अमेरिकामा राष्ट्रपति बनेपछि क्यानडा–मेक्सिको वा युरोपेली देशको भ्रमण गर्ने परम्परा छ।
यसपछि साउदी सरकारले एक विज्ञप्ति जारी गर्दै उनीहरूको देश आगामी चार वर्ष भित्र अमेरिकामा ६०० अर्ब डलर लगानी गर्न तयार रहेको जनाएको छ।
ट्रम्पले पद छोडेपछि पनि साउदी अरेबियाले ट्रम्पका ज्वाइँ तथा पूर्व सहयोगी जारेड कुशनरको फर्ममा २ अर्ब डलर लगानी गरेको थियो।