वैशाख २९ काठमाडौं ।
आज भारत र पाकिस्तान बीच वार्ता हुने भएको छ। आज चार दिनसम्म चलेको भीषण सैन्य संघर्षपछि भारत र पाकिस्तानका प्रतिनिधिहरुबीच आज वार्ता हुँदै छ।
दिउसो भारत र पाकिस्तानका प्रतिनिधिहरु बीच संघर्षविरामका शर्तहरु र भविष्यका रणनीतिहरुमा छलफल हुने जनाएको छ। संघर्षविरामको घोषणा भएपनि सीमावर्ती क्षेत्रमा गोलीबारी र ड्रोन गतिविधिहरू जारी थिए र अहिले स्थिति शान्त भएको उल्लेख गरेको छ।
अप्रिल २२ मा पाहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानमा रहेका आतंकवादी शिविरहरुमा आक्रमण गरेको थियो। भारतले यस वार्तालाई द्विपक्षीय सैन्य संवादको हिस्सा भनेको छ र तेस्रो पक्षको मध्यस्थता अस्वीकार गरेको छ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यस संघर्षविराममा मध्यस्थता गरेको दाबी गरे पनि भारतले यसलाई अस्वीकार गर्दै द्विपक्षीय सैन्य संवादकै परिणाम भएको बताएको छ।